सुर्खेतमा राष्ट्रिय प्रतियोगिता हुदै


माघ २१, सुर्खेत ।

सुर्खेत चेम्वर अफ कमर्शको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने “कर्णाली महोत्सव २०७५” मा राष्ट्रब्यापी लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश समिति र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत सँग सुर्खेत चेम्वर अफ कमर्शका पदाधिकारीहरुको संयुक्त छलफल पश्चात राष्ट्रब्यापी लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन गरिने निर्णय गरिएको हो ।

सुर्खेत चेम्वर अफ कमर्शका अध्यक्ष चिन्तामणि शर्मा सहित चेम्वरका पदाधिकारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र जिल्ला शाखाका पदाधिकारीहरु, सल्लाहकारहरुकोसंयुक्त बैठकले “कर्णाली महोत्सव २०७५” मा प्रथम पुरस्कार ५१ हजार, १ सय ११, द्धितिय पुरस्कार ३१ हजार, १ सय ११, तृतिय पुरस्कार १५ हजार, १ सय ११, सान्त्वना पुरस्कार ११ हजार, १ सय, ११ तथा उत्कृष्ठ प्रतिभा स्वरुप एक पुरुष र एक महिलालाई

पर्ती ५ हजार, १ सय, ११ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कर्णाली प्रदेश समिति अध्यक्ष रामबहादुर बुढाले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रब्यापी लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन गर्न आयोजकले प्रतिष्ठानलाई जिम्मा दिएकामा खुसि ब्यक्त गर्दै सो

कार्य सम्पन्न गर्न आफूहरु लागिपर्ने शाखा अध्यक्ष उत्तम शर्माले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सुर्खेत चेम्वर अफ कमर्शका अध्यक्ष शर्माले दोहोरी प्रतियोगिताले प्रतिभाहरुको प्रस्फूटन पनि हुने र महोत्सवमा उपस्थित दर्शकहरुको मन जित्न पनि सजिलो हुने हुँदा राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

प्रतिष्ठान शाखा सुर्खेतका सचिव खडक चन्दले प्रतियोगिता सम्पन्न गर्नका लागि आबस्यक कामको थालनी भैसकेको भन्दै भब्य र सब्य रुपमा महोत्सव र प्रतियोगिता सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।