प्रदेश राजधानीको स्वागत : अत्तरियामा दिप प्रज्बलन


१२ असोज । प्रदेश नम्वर ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने संसदीय समितीको प्रस्ताव बहुमतले पारित भएपछि अत्तरीयामा दिप प्रजोलन गरिएको छ। स्थानियले  प्रदेशको स्थायी मुकाम गोदवरीमा भएको खुशीयालीमा दिप प्रज्बलन गरेका हुन । दिप प्रज्बलनमा स्थानिय राजनैतिक दलका अगुबा लगायत बिभिन्न पेशा र सामाजिक अगुबाहरुको सहभागीता रहेको थियो ।

आज बसेको प्रदेश सभा बैठकले  प्रदेश नम्वर ७ को राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ तेघरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव बहुमतले पारित गरेको हो। उक्त प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि ३८ जना प्रदेश सभा सदस्यहरुले पक्षमा मत दिएसंगै प्रदेश नम्वर ७ को राजधानी तेघरी र नाम सुदूरपश्चिम भएको सभामुख अर्जुन थापाले घोषणा गरेका थिए।

सांसद कृष्णराज सुबेदीले सदन बाट निर्णय भएको कुरा कुनै पनि आन्दोलनले रोक्न नसक्ने बताए।  गोदाबरी नगरपालिकाको बार्ड नं २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय भएको भन्दै भोली गोदावरी नगरपालिकाले बिशेष कार्यक्रमको आयोजना गर्ने नगर प्रमुख हरि सिं साँउदले जानकारी दिए।

दिनेशखबरअनलाइनबाट