मुख्यमन्त्री शाही माथि ढुंङ्गा प्रहार भएको समाचार निराधारः प्रहरी


२६ माघ, सुर्खेत । आज (शनिवार) कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित पिपल चौतारीमा “सात प्रदेश सात हामी सप्तरंग” साँस्कृतिक अभियान अन्तरगत कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही माथी ढुंगा प्रहार भएको समाचार निराधार भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिनुभयो  ।

कार्यक्रममा सायद व्यानरमा बाँधेको सानो ढुंङ्गा खसेर प्रदेश प्रहरी प्रमुख डिआईजी महेश विक्रम शाहज्यूको खुट्टामा परेको  प्रहरी उपरिक्षक रजौरेले बताउनुभयो ।

कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको र कर्णाली प्रदेश सरकारका प्रवक्ता भुमि व्यवस्था, कृषि सहकारी मन्त्री विमला केसी र प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहज्यू लगायतका अतिथिहरु र आफु पनि कार्यक्रमको अन्त सम्म रहेको उहाँले बताउनुभयो ।