मुख्यमन्त्री शर्माद्वारा राजिनामा, एमालेका कँडेल मुख्यमन्त्री हुने बाटो खुल्यो


२१ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिनुभएको छ ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सभाको बैठकमा राजिनामा दिने घोषण पश्चात प्रदेश प्रमुख तिलक परियार समक्ष राजिनामा पेश गर्नुभएको हो । गठबन्धन परिवर्तन भए सँग कर्णालीको मुख्यमन्त्रीबाट शर्माले राजिनामा दिनुपरेको हो । शर्मा मुख्यमन्त्रीमा विश्वासको मत लिएर मात्र राजिनामा दिने अडानमा हुनुहुन्थ्यो । शर्माले संसद बैठकमा केन्द्रको निर्देशन प्रति असन्तुष्टि जनाउँदै राजिनामा दिने घोषणा गर्नुभएको थियो ।

शर्माको राजिनामा सँग गठवन्धनबाट एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।