जरिवाना र सजायँ बढाउन माग
सट्टाबाजीको नेटवर्क ध्वस्त पार्ने दाबी
महानगरीय प्रहरीले सट्टाबाजीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सट्टाबाजीका मुख्य नाइके भनिएका चन्द्रकान्त अग्रवाल भने फरार छन् । प्रहरी वरिष्ठ उपरीक्षक थापाले अग्रवाल र अन्य केही शंकास्पद व्यक्तिको फोन ट्रेस गरिसकेको भन्दै सट्टाबाजीको नेटवर्क ध्वस्त पारेर दखाउने दाबी गरे ।
फ्रान्समा युरोकप फुटबल सुरु भएसँगै नेपालमा सट्टाबाजी सुरु भएको छ । सट्टाबाजी एक प्रकारको जुवा हो । जुवा ऐनमा जुवा खेल्नेहरुलाई २ सय रुपैयाँ जरिवाना तिराउने तथा दोस्रोपटक पक्राउ पर्नेलाई एक देखि ३ महिनासम्म थुनामा राख्ने व्यवस्था छ ।
साभारः अनलाइन खबर



Prawash Kumar Shakya । ५ असार २०७३, आईतवार ०९:२४ बजे