२२ बैशाख, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही बैशाख २५ गतेदेखि सुर्खेतसहित देशभर हिमाल,‘पहाड, तराई– मधेस राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।
सबै जिल्ला, क्षेत्र, गाउँ/नगरसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सञ्चालन हुनेछ । यसैबीच नेपाली काँग्रेस सुर्खेतले जागरण अभियानलाई भव्यरुपमा मनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सुर्खेतमा आजबसेको बैठकले यही २५ गते पार्टी कार्यालयबाट जागरण अभियानको शुरुवात गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा हुने उद्घाटन कार्यक्रम केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी सभापती कमलराज रेग्मीले जानकारी दिनुभयो । केन्द्रिय प्रतिनिधि जिवनबहादुर शाहीको उपस्थितमा आज बसेको बैठकले ९ वटै स्थानिय तहमा जागरण अभियान संञ्चालन गर्ने निर्णय समेत गरेको छ । बैठकले बैशाख २९ गते सिम्ताको राकममा,३० गते गुर्भाकोटको मेहेलकुनामा जेठ २ गते भेरीगंगाको छिन्चुमा कार्यक्रम गर्ने जनाएको छ।
यस्तै लेकबेशिको कल्याणमा जेठ ३ गते, चिङ्गााडको अवचिङ्गमा जेठ ६ गते, चौकुनेको गुटुमा ९ गते, पन्चपुरीको बावियाचौमा १० गर्ने निर्णय गरेको छ। यस्तै बराहतालको बडिचौरमा जेठ २० गते कार्यक्रमहुने छ भने वीरेन्द्रनगरमा २५ गते कार्यक्रम गरेर पहिलो चरणको जागरण अभियान समापन गरिने सभापती रेग्मीले जानकारी दिनुभयो ।
बैठकले जागरण अभियानमा सहभागी भईदिन पार्टी सम्पुर्ण भातृ संस्था तथा शुभेच्छुकहरु आब्हान गरेको छ । संविधानअनुसार काँग्रेसले स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराएकाले अब काँग्रेसलाई रुपान्तरण गर्न यो अभियान सुरु गर्न लागिएको काँग्रेसले जनाएको छ । यसैबीच बैठकले पाटीका पुर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन प्रतिशोक प्रस्ताव पनि पारित गरेको छ।



Milan Shrestha । २२ बैशाख २०७६, आईतवार १८:२३ बजे