
फागुण,२ सुर्खेत । नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् सुर्खेतले आज(बिहीबार) पत्रकार सम्मनेलन गरी आफूहरुले कुनै जातिय सद्भाव बिर्गान न खाजेको जानकारी दियो ।
बिहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद् सर्खेतका अध्यक्ष पञ्चिसिंह रोकाय खाम्पाले उक्र जानकारी दिनु भएको हो । फागुन ३ गते देखि ११ गते सम्म सुर्खेत चेम्वर अफ कमर्सको आयोजनामा वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली महोत्सवमा नेपाल आदिवासी जनजाती महासंघको सहभागिता नहुने बारेमा गत शुक्रबार महासंघमा आवद्ध १३ जातिय संस्थाहरुको संयुक्त हस्ताक्षर गर्दै विज्ञप्ती मार्फत महासंघमा महोत्सवमा आवद्व नहुने जानकारी दिई सकेका छौं ।
खाम्पाले भन्नु भयो, स्थानीय निकाय देखि केन्द्र सरकारले समेत आदिवासी जनजातीहरुका विभिन्न मागहरुलाई वेवास्ता गरेको र स्थानीय निकायका विभिन्न संघ–संस्थाहरुले संचालन गर्ने कार्यक्रमहरुमा आदिवासी जनजातीहरुलाई कला–सास्कृतिका नाममा प्रयोग गर्दे आईरहेको र आदिवासीहरुको भेष–भूषालाई समेत प्रयोग गर्दे आईरहेको हुदा उक्त कुरामाथी रोक लगाउन र कला, सांस्कृतिले जातिय पहिचान झल्काउने हुदा, अबका दिन देखि कला सास्कृतिको बचाउने नाममा जनजातीहरु प्रयोग नहुने बताउनु भयो ।
नेपाल मगर संघ, थारु कल्याणकारी सभा, तमुः ह्यूल धोज धी, नेवा देय् दबु , राजी साल्म समाज, नेपाल कुमाल सुधार समाज, खाम्पा समाज, नेपाल भोटे सेवा समितिहरुको उपस्थित रहेको पत्रकार सम्मेलनमा रोकायले बिगतमा सिंगो महासंघलाई चौतफि असहयोग भएको हुदां हामीले पनि अब जिल्लामा हुने कुनै पनि कार्यक्रममा जाने वा नजाने बारेमा महासंघको निर्णयलाई मान्ने भएको हुदां हामिले गरेको निर्णयले यस पटको मेलामा प्रत्यक्ष असहयोग गरेको जस्तो पर्न गएको हो, तर त्यसो भने होईन । यहां आदिवासी जनजाती र गैह जाति भन्ने कुरालाई जोडिएको हुदा महासंघले जातिय सद्भाव बिथोल्ने खालको कुनै पनि निर्णय गरेका होईनौ, मात्र अब कहां जानु हुन्छ र कहां जानु हुदैन भन्ने बारेमा निर्णय गरेका मात्र हौैं ।



Milan Shrestha । २ फाल्गुन २०७५, बिहीबार ०५:२७ बजे