अत्यावश्यक काममा सवारी चलाउन अब E-Pass चाहिने


३ बैशाख, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि लकडाउनको यो समयमा E-Pass लागु गरेको छ ।

देश कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा लकडाउनको स्थितिमा भएको समयमा अतिआवश्यक काम भन्दा अन्य वेलाबाट बाहिर ननिस्कन अनुरोध गर्दै सरकारले सवारी साधन चलाउन जारी गरेको E-Pass को व्यवस्थापन प्रणालीलाई लागु गरेको हो ।

अब कसैलाई अत्यावश्यक कामले सवारी चलाएर बाहिर जानु परेमा पहिला E-Pass लिएर मात्र निस्कन अनुरोध गरेको । E-Pass का लागि http://epass.moha.gov.np मा गएर दरखास्त गर्न सकिने जनाइएको छ ।