
१० चैत्र, सुर्खेत । विश्वलाई नै आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई ध्यानमा राख्दै सुर्खेतको काँक्रेविहारको मूलद्वार बन्द गरिएको जनाइएको छ ।
यही चैत्र १० गते देखि २१ गते सम्मकालागि आन्तरिक तथा वाह्य पर्यटकहरुलाई काँक्रेविहारको मूलद्वार बन्द गरेको जानकारी गरेको वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।
उहाँले भन्नुभयो । हामीले वडामा रहेको लाटीकोइली स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउनु भन्दा अगाडी डा. नवराज केसी डा शुभ श्रेष्ठ डा कृष्णदेव गिरी डा सनम शाक्य र स्वास्थ्य चौकीमा आफ्नो स्वास्थ्यको जानकारी फोन मार्फत सम्पर्क गरेर मात्र आउन अनुरोध गरेका छौं ।
यसैवीच ९ नं. वडा कार्यालयले वडामा केही मास्कहरु पनि वितरण र जनचेतनाकालागि अडियो जिङ्गल समेत बनाएर बजाइरहेको छ ।




Prawash Kumar Shakya । १० चैत्र २०७६, सोमबार १५:३७ बजे