गत वर्ष फेसबुकले फेसबुक लाइट लन्च गरेको थियो । यसको उद्देश्य २जी प्रयोग हुने स्मार्टफोनसम्म फेसबुकलाई पुर्याउने थियो ।
यसले फेसबुकलाई छाटो समयमा नै फाइदा भएको छ । १५० देशमा ५० भाषा बोल्ने १० करोड मानिसले अहिले फेसबुक लाइट प्रयोग गरेका छन् ।
फेसबुकको ऐपमा जुन फिचर हुन्छ, त्यसको तुलानामा लाइटमा छानिएका फिचर मात्र हुन्छ । र, यो एपले सस्तो स्मार्टफोनहरुमा राम्रो काम गर्छ ।
तर, यसले यो फाइदा भयो कि मानिसहरुले अब भिडियो फिड पनि फेसबुक लाइटमा देख्न सक्नेछन्, जसका कारण फेसबुक लाइक अब फेसबुकको रगुलर एपभन्दा तीव्र रुपमा अघि बढेको छ ।
फेसबुक लाइटमा तपाईँ तस्वीरहरु हेर्न सक्नुहुन्छ, जसलाई जुम इन र जुम आउट पनि गर्न सकिन्छ । फेसबुकले यो बजारको महत्व बुझेको छ र अब भिडियोलाई थप सहज रुपमा लोड हुने तरिका खोजिरहेको छ ।
फेसबुकले अब भिडियोमा ट्याप गरेपछि ब्याकग्राउन्डमा लोड भइरहने र फेसबुकमा अर्को पोष्ट खोज्न मिल्ने बनाउन खोजेको छ । जब भिडियो लोड भइसक्छ, तब नोटिफिकेस आउँछ र तपाईले भिडियो हेर्न सक्नुहुनेछ ।
साभारः अनलाइन खबर
Milan Shrestha । १ चैत्र २०७२, सोमबार १०:५२ बजे