सामाजिक सञ्जाल चलाउनेलाई डिप्रेसनको समस्या


के फेसबुक तथा टि्वटर जस्ता सोसल मिडियाले हामीलाई खुसी बनाइरहेका छन् ? यसको जवाफ व्यक्तिपिच्छे फरक फरक होला ।
तर हालै भएको एक सर्भेक्षणले भने सोसल मिडिया प्रयोगकर्ता मध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ ।
सर्भेक्षणमा सहभागी गराइएका मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफुले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांस ३० वर्षमुनिका युवायुवती रहेका छन् ।
सर्भेका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले युवाहरुले आफ्नो संवाद तथा तर्कक्षमता पनि गुमाइरहेका छन् ।
सर्भेक्षण अनुसार सोसल मिडियाको अत्यधिक प्रयोगका कारण युवाहरुको नजरमा नजर जुधाएर अर्थात् प्रत्यक्ष संवाद गर्ने क्षमतामा गिरावट आइरहेको छ ।
यसका साथै अन्य नकारात्मक प्रभाव पनि पर्दछन् । सोसल मिडियाको अत्यधिक प्रयोगका कारण प्रयोगकर्ताहरुमा चिन्ता, एकलकाटे प्रवत्ति तथा आत्मविश्वासमा कमी जस्ता भावनाहरु बढिरहेका छन् ।
सोसल मिडियामा अत्यधिक सक्रियताका कारण किशोर किशोरीहरुमा स्ट्रेस हर्मोनको मात्रा बढिरहेको छ जसले विभिन्न खाले स्वास्थ्य समस्या उत्पन्न गर्ने गरेको छ ।
टि्वटरको अत्यधिक प्रयोगले प्रयोगकर्तामा रिस तथा दिक्कपनामा वृद्धि हुन्छ । त्यसैले विज्ञहरुले पछिल्लो समयमा डिजिटल मुक्त घरको अवधारणा ल्याएर छन् ।
विज्ञहरुका अनुसार कम्तिमा पनि सुत्ने कोठामा कुनैपनि डिजिटल सामाग्री तथा स्क्रिन हुनु हुँदैन । त्यस्तै रातमा बत्ति निभाइसकेपछि स्मार्टफोनको प्रयोग गर्नु पनि हुँदैन ।
यसले निद्रामा असर पार्ने तथा मानिसमा विभिन्न खाले मानसिक स्वास्थ्य समस्या खडा गर्ने जोखिम रहने विज्ञहरको भनाई छ ।
साभारः अनलाइन खबर