मिसा दबू दैलेखको अध्यक्षमाः सरस्वती श्रेष्ठ


 


मिलन श्रेष्ठ
पुस,८ दैलेख । नेवाः देय दबू(नेवारी राष्ट्रिय संगठनको) भातृ संगठन नेवाः मिसा दबू(नेवार महिला संगठन) दैलेखको अध्यक्षमा सरस्वती श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
नेवाः देय दबू जिल्ला कार्य समिती दैलेखको आयोजनामा आज(मंगलबार) नारायण नगरपालीका आयोजित भेलाले सस्वती श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

दबू जिल्ला कार्यसमितीका अध्यक्ष दिपबहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भेलाले सरस्वती श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नेवाःमिसा दबू जिल्ला कार्य समिती गठन गरेको छ, जसको उपाध्यक्षमा सुत्रिमा श्रेष्ठ, सचिवमा अन्जली श्रेष्ठ, कोषाध्यमा निर्मला श्रेष्ठ, सह–सचिवमा बिना श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा सुस्मा श्रेष्ठ, किरण श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, दुर्गा श्रेष्ठ, टीका श्रेष्ठ, कृष्णादेवी श्रेष्ठ, देबी श्रेष्ठ, आशा श्रेष्ठ, बिमला श्रेष्ठ, बिनिता श्रेष्ठ रहनु भएको छ , आज चयन भएको कार्य समितीले रंजु श्रेष्ठलाई मनोनय गरी सदस्य पदमा राखेको छ । यसै गरी आजको भेलाले नेवाः देय् दबू जिल्ला कार्य समितीका अध्यक्ष दिपबहादुर श्रेष्ठ र नेपाल आदिवासी जनजाती समन्यव प्रदेश परिषदका उपाध्यक्ष सुर्यकुमारी श्रेष्ठ सल्लाहकार रहने गरी पूर्णता दिएको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरु ।

कार्यक्रमका प्रमुख अथिती एवंम् नेवाः मिसा दबूका केन्द्रिय अध्यक्ष रस्मिला प्रजापतीले नेवारहरु अब जाग्न शुरु गरेको कुरामा जोड दिनु भयो, जिल्ला कार्य समिती गठन गर्ने कार्यक्रममा बोल्दै प्रजापतीले हामी नेवारहरुलाई भाषाले बाडेको र विभिन्न वाहानामा भाषा लोप हुदै जान थाले पछि नेवार समुदायहरु चिन्तीत भएर नै आब जाग्न शुरु गरेको बताउनु भयो , उहांका अनुशार भौगोलिकताको आधारमा विभिन्न क्षेत्रमा बसोवास गर्ने नेवार समुदायहरुले भौगोलिक रुपमा नै भाषाको प्रयोग गर्नुका साथै भुगोलका हिसाबले नै भेष–भुषाहरुलाई प्रथामिकता दिएकै कारण नेवार समुदायमा एकरुपता आउन सकेको छैन त्यसैले पनि देश बिदेशमा बसोवास गर्ने नेवार समुदायहरुलाई एक्यबद्धता गराउनका लागी अब नेवारहरु जाग्न थालेका हुन् ।

नेवाः मिसा दबूका जिल्ला कार्य समितीका पदाधिकारीहरु सपथ लिदै ।

जिल्ला तर्दथ समिती गठन कार्यक्रममा बिशेष अथिती नेवाः मिसा दबूका केन्द्रिय कोषाध्यक्ष अर्चना तण्डुल्कार, नेवाः देय दबूका केन्द्रिय सदस्य खगेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाती प्रदेश समन्वयन परिषदका उपाध्यक्ष सुर्यकुमारी श्रेष्ठ, नेवाः देय दबू जिल्ला कार्य समितीका सदस्य सन्देश श्रेष्ठ उपस्थीत रहेको कार्यक्रमको सहजीकरण नेवाः देय दबू जिल्ला कार्य समितकिा सचिव कृष्ण प्रसाद श्रेष्ठले गर्नुभएको थियो भने दबू जिल्ला सदस्य सरस्वती श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

 

नेवाः मिसा दबूका जिल्ला कार्य समितीका पदाधिकारी संगै सामुहित तस्विर लिदै अथितीहरु ।
नेवाः मिसा दबूका जिल्ला सदस्य किरण श्रेष्ठ बधाई सहित टीका ग्रहण गर्दे ।
नेवाः मिसा दबूका जिल्ला सचिव अन्जली श्रेष्ठ बधाई सहित टीका ग्रहण गर्दे ।