फागुन ११ देखि प्रदेशस्तरिय खेलकूद प्रतियोगिता हुँदै


९ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही फागुन ११ गतेबाट प्रदेश स्तरिय खेलकूद प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी चैत्र महिना बाँकेमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताकालागि खेलाडी छनौट गर्नकालागि प्रदेश स्तरिय खेलकूद प्रतियोगिता हुन लागेको हो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुले २१ वटा खेलमा प्रतिस्पर्धा खेलाडीहरुले वीरेन्द्रनगरमा पुरुष तथा महिला फुटबल, एथलेटिक्स, क्रिकेट, खो-खो, बास्केटबल, व्याडमिन्टन, ह्याण्डबल खेल र दैलेखमा कबड्डी तथा कराँते प्रतियोगिता हुनेछ । त्यस्तै जाजरकोटमा महिला भलिबल, सल्यानमा पुरुष भलिबल, टेवल टेनिस र बुद्धिचाल हुने कर्णाली खेलकुद परिषद्ले जानकारी दिएको छ ।

सुर्खेतमा भौतिक पूर्वाधारको कमिले बक्सिङ्ग कञ्चनपुर र उसु प्रतियोगिता दाङमा सञ्चालन हुनेछ ।

राष्ट्रिय खेलकुदमा देशभरका खेलाडीहरुले २ सय ६४ स्वर्ण, २ सय ६४ रजत र ३ सय ७५ वटा काँस्य पदकका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ । राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशवाट २ सय ४५ पुरुष र १ सय ७६ जना महिला सहित ४ सय ११ जना खेलाडी सहभागि हुने संयोजक शाहीले जानकारी दिनुभयो ।