
१२ फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतले वडामा रहेका स्वास्थ्य स्वयम् सेविकाहरुलाई आज (आइतवार) राहत रकमको चेक हस्तान्तरण गरेको छ ।
रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले स्वास्थ्य स्वयम् सेविकाहरुको कामको बर्णन गरेर नसक्ने बताउँदै उहाँले यो सानो रकमलाई ज्याला नसम्झी एउटा सम्मानको रुपमा लिईदिन वडाका १५ जना स्वास्थ्य स्वयम् सेविकाहरुलाई अनुरोध गर्नुभयो ।
म स्वास्थ्य स्वयम् सेविकाहरुलाई निस्वार्थ भावनाले आफ्नो काम लाग्नु आग्रह गर्छु । वडा अध्यक्ष मानन्धरले भन्दै उहाँले लाटीकोइली स्वास्थ्य चौकीमा आफूले हप्ताको सातै दिन डाक्टरी सेवा तथा इमरजेन्सी सेवा दिनकालागि सम्वन्धित ठाँउमा पहल भइरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा लाटीकोइली स्वास्थ्य चौकीका प्रमुख धनप्रसाद देवकोटाले वडा कार्यालयको कार्यको प्रशंसा गर्दै सम्पूर्ण वडाबासीहरुलाई स्वास्थ्य विमाको बारेमा जानकारी दिँदै स्वास्थ्य विमा गर्न अनुरोध गर्नुभयो ।
वडा सचिव देवप्रसाद मुलेलले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्य पुरनबहादुर शाहीले आफ्नो भनाइ राख्नुभएको थियो ।




Prawash Kumar Shakya । १२ फाल्गुन २०७५, आईतवार १८:४७ बजे