१९ फागुन, मध्य तथा सूदूरपश्चिमाञ्चलको प्रमुख केन्द्र भेरी अञ्चल अस्पताल नेपालगन्जमा पहिलोपटक मुटुरोग कार्डियोलोजी सेवा सुरु भएको छ ।
अस्पतालमा कार्डियोलोजी सेवाको ओपिडी कक्ष सञ्चालन गरिएको हो । अस्पतालमा पहिलोपटक मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारीको पहलमा सेवा सुरु गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. श्यामसुन्दर यादवले जानकारी दिए ।
नेपालगन्जमै मुटुरोगसम्बन्धी सेवा पाउने भएपछि यहाँका सर्वसाधारणलाई सहज हुनेछ । साथै विपन्न समुदायका बिरामीलाई उपचारका लागि नेपालगन्ज बाहिर जाने झन्झटबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ ।
साभारः स्वास्थखबर पत्रिका



Milan Shrestha । १९ फाल्गुन २०७२, बुधबार १६:४६ बजे