साइबर क्याफेमा फेसबुक लगआउट गर्न बिर्सिनुभो ? घर बसीबसी यसरी गर्नुस् लगआउट


यो व्यस्त जिन्दगीमा केही कुरा भुल्नु भनेको असामान्य होइन, सबैलाई पर्ने समस्या हो । तर कहिलेकाहीँ यस्तो भुल्ने बानी अलिक महंगो सावित हुनसक्छ ।
खासगरी साइबर क्याफे जस्ता सार्वजनिक ठाउँहरु जहाँ तपाइँले इन्टरनेट प्रयोग गर्ने समयमा फेसबुक जस्ता सोसल मिडिया लगइन गर्नुहुन्छ तर लगआउट गर्नै बिर्सिएर त्यहाँबाट उठ्नुहुन्छ । लगआउट नगरेको तपाइँको फेसबुक अकाउण्ट कुनै गलत व्यक्तिले फेला पार्यो भने ?
साँच्चीकै उसले त्यसको दुरुपयोग गर्ने जोखिम हुन्छ । कुनै साइबर क्याफेमा मात्र होइन, अरु साथीको मोबाइलमा होस् वा अफिसमै किन नहोस् यदि तपाइँले लगइन गरेको आफ्नो फेसबुक अकाउण्ट लगआउट गर्न भुल्नुभयो भने त्यो तपाइँको गोपनियताका लागि गम्भीर खतरा हुनसक्छ । तर नआत्तिनुस् तपाइँले बाहिर लगइन गरेरै भुलेर आएको आफ्नो फेसबुक अकाउण्ट घर बसीबसी लगआउट गर्न सक्नुहुन्छ ।
अरु जुनसुकै कम्प्युटर वा स्मार्टफोनबाट लगइन गरेर लगआउट गर्न भुलेको आफ्नो फेसबुक अकाउण्ट आफ्नो स्मार्टफोन वा कम्प्युटरबाट तपाइँले च्झयतभ ीयनयगत गर्न सक्नुहुन्छ । यो काइदाबाट तपाइँले लगआउट गर्न भुलेका सबै डिभाइसहरुबाट आफ्नो अकाउण्ट लगआउट गराउन मात्र होइन पछिल्लोपटक कुन मोबाइल वा कम्प्युटरमा लगइन गर्नुभएको थियो भन्ने पनि थाहा पाउन सक्नुहुन्छ ।यसका लागि:
सबैभन्दा पहिले आफ्नो फेसबुक अकाउण्टलाई लगइन गरी मेन मेन्यूलाई खोल्नुहोस् ।
त्यसपछि Security अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाइँलाई Where you are logged in
त्यसपछि तपाइँले ठिक माथितर्फ Current Session को अप्सन देख्नुहुनेछ । त्यसका अलावा तपाइँले लोकेसन तथा डिभाइसको प्रकार पनि थाहा पाउन सक्नुहुन्छ । त्यसका साथै तल्लोपट्टी डेस्कटप तथा फेसबुक फर एन्ड्रोइडको अप्सन पनि देखापर्नेछ ।
यी सबै अप्सनको सामुन्ने End Activity नामक बटन देखा पर्नेछ । यदि तपाइँले गल्तीवस कहीँ फेसबुकबाट लगआउट हुन भूल्नुभएको छ भने End Activity  बटनमा क्लिक गरे पुग्दछ ।
यदि तपाइँ सम्भावित सबै डिभाइसहरुबाट आफ्नो फेसबुक अकाउण्ट लगआउट गर्न चाहनुहुन्छ भने करेन्ट सेसन अप्सनको अगाडि दिइएको End Activity नामक बटन थिच्नुहोस् । यसो गरेपछि सबै डिभाइसहरुबाट तपाइँको फेसबुक अकाउण्ट लगआउट हुन्छ ।
साभारः अनलाइन खबर