सुर्खेतमा बैज्ञानिकहरुको जमघट


सुर्खेत, २ असोज । सुर्खेतको वीरेन्द्रनगरमा यही असोज ८ र ९ गते विज्ञान र प्रविधि सम्वन्धी राष्ट्रिय भेला हुने भएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा विभिन्न खोज अनुसन्धान गरिरहेका बैज्ञानिक तथा अनुसन्धानकर्ताहरु भोलामा सहभागी हुने छन । विज्ञान र प्रविधीको क्षेत्रमा खोज अनुसन्धान गरिरहेका विशेषज्ञहरुको अनुभव आदान प्रदान गर्न र अनुसन्धानको क्षेत्रमा नयाँ गन्तव्य निर्माण गर्ने उदेश्यले भेला आयोजन गर्न लागिएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालये विज्ञान तथा प्रविधि संकाय र नेपालमा भएका साइन्टीफिक सोसाइटीहरुले संयुक्त रुपमा गर्न लागेको भेला विज्ञान क्षेत्रसँग सम्बन्धित सोसाइटी र शैक्षिक संस्थाको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको बताएको छ ।

पत्रकार सम्मेलन गरी भेला आयोजना वारे जानकारी दिदै विज्ञान तथा प्रविधि संकायका डीन प्राडा देवबहादुर खड्काले सरकारले अनुसन्धानको विषयलाई प्राथामिकता नदिएको गुनासो गर्नुभयो । उहाँले सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, प्रानीशास्त्र, बनस्पतिशास्त्र, सुक्ष्मजीवशास्त्र, भूगर्भशास्त्र, वातावरणशास्त्र, सुस्यांख्याशास्त्र, गणितशास्त्र, तथ्यांकशास्त्र,जीवप्रविधिशास्त्र, कृषि, वनविज्ञान, खाद्यप्रविधि, चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, जलवायु, मौसम विज्ञान र विज्ञान तथा प्रविधिसँग सम्बन्धित खोज अनुसन्धानको बारे अनुभव साटासाट हुने जानकारी दिनुभयो ।

साभारः राराखबर अनलाइन