
३० भाद्र, सुर्खेत । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेत शाखाले आज (शनिवार) आफ्नो छैठौं बार्षिक साधारणसभा सम्पन्न गरेकोको छ ।
साधारण सभामा मुख्य अतिथी वीरेन्द्रनगर नगर कार्यपालिका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले विभिन्न क्षेत्रसंग सहकार्य गरेर विभिन्न क्षेत्रहरुमा सिसी क्यामरा जोडेको बताउँदै कम्प्यूटर प्रविधिको क्षेत्रमा क्यान महासंघ संग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
त्यसतै क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले विभिन्न सरकारी निकायहरुमा कर्णालीलाई डिजिटल प्रदेश बनाउनकालागि डिजिटल हस्ताक्षरलाई लागु गर्नुपर्ने धारणा राख्नुभयो ।
वीरेन्द्रनगरपालिका तथा प्रदेश सरकार संग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले विभिन्न सरोकारवाला निकायहरु संग समन्वय गरेर सुर्खेत लगाएत प्रदेश प्रविधी मैत्री बनाउने धारणा राख्दै केन्द्रिय कार्यक्रम अनुसार सुर्खेतमा यसबर्ष प्रदेशस्तरको क्यान इन्फोटेक संचालन गर्ने बताउनुभयो ।
सभामा क्यान महासंघ शाखा सुर्खेतका सचिव तिलक प्रसाद आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मदन कुमार लामिछानेले समितिले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सभामा क्यान महासंघका केन्द्रिय सदस्य भूपेन्द्रसिंह वली, नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडा, उद्योग बाणिज्य संघका धनबहादुर रावतलागाएतको उपस्थिती रहेको थियो ।



Prawash Kumar Shakya । ३० भाद्र २०७५, शनिबार १९:४० बजे