सालकोट स्वास्थ केन्द्रको भवन जोखिममा


13480017_970928753027328_80130462_n (1)सुर्खेत, ६ असार । यो तस्वीर पश्चिम सुर्खेतको सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवनको हो । २ वर्ष अघि निर्माण भएको यो भवन भित्रको दृश्यले विकास निर्माणमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा दर्शाउँछ ।

भवन निर्माण गर्ने ठेकेदार र निगरानी गर्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका कर्मचारीको मिलेमतोमा गुणस्तरहीन सामाग्रीको प्रयोगले गर्दा भवनको यो हविगत भएको सालकोटवासीको गुनासो छ । रकम बचाउने उदेश्यले कमसल सामाग्रीको प्रयोगले गर्दा सिलिङ्ग भत्किएको उनीहरुको भनाई छ ।

सिलिङ्गमा गरिएको प्लास्टर खस्न थालेपछि अस्पतालका कर्मचारी कोठामा वस्न डराउने गरेका छन । लगातार प्लास्टर खस्दै गएपछि फलामका छड्हरु देखिएका छन । सिलिङ्गको प्लास्टर खस्न थालेपछि उपचारको लागि अस्पताल आउने विरामीमा जोखिममा परेका छन ।

अस्पतालमा सुत्केरी हुन आउने आमा र वच्चा दुवै उच्च जोखिममा रहेको अस्पताल स्रोतले जनाएको छ । सवै कोठाका सिलिङ्गवाट ठुल्ठुला टुक्राहरु झर्ने भएकोले वाहिरै बसेर उपचार गर्न वाध्य भएको स्वास्थ्यकर्मीले वताएका छन । एक स्वास्थ्यकर्मीले भने ठुलै टुक्राहरु झर्छन कसरी कोठामा वसेर विरामीको उपचार गर्ने ?

१ करोड ८७ लाख रुपैयाको लागतमा निर्माण भएको हो । ललितपुरको कुपन्डोलमा रहेको बज्रगुरु कन्ट्रक्सन कम्पनीले भवन निर्माण गरेको हो । २०६५ सालवाट निर्माण थालिएको भवन २०७१ सालको असार महिनामा निर्माण सम्पन्न भएर साउन महिनामा अस्पताललाई हस्तान्तरण गरिएको थियो । कमसल सामाग्रीको प्रयोगको कारण प्लास्टर खसेको हुनसक्ने इन्जिनियरहरु वताउँछन ।

aa

सर्ट भएको सिमेन्टको प्रयोगको कारण समस्या भएको भन्दै स्थानीयले ठेकेदार र भवन निर्माणको निगरानीको जिम्मा भएको सहरी विकास तथा भवन निमार्णको इन्जिनियरलाई कारवाही गर्न माग गरेका छन । उनीहरुले अस्पतालमा राखिएको सोलारको व्याट्रीले पनि २ वर्षदेखि काम नगरेको वताएका छन । ठेकेदारले जोडेका धाराहरु पनि प्रयोग विहीन अवस्थामा छन ।

सवै गुणस्तरहीन सामान भएकोले समस्या भएको वताएको छ । सालकोट गाविसका सचिव तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तिलकराम अधिकारीले सिलिङ्ग मर्मत गर्नुपर्ने र विग्रीएका सामानहरु पनि तत्काल बनाउनु पर्ने वताए ।
यता सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठले ठेकेदारको घरौटी रकमवाट सिलिङ्ग मर्मत गर्ने र विग्रीएका सामाग्रीहरु किन्ने वताए । उनले के कारणले गर्दा सिलिङ्ग हो त्यो यसै भन्न सकिन्न तर गुणस्तरहीन समाग्रीको प्रयोग भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

प्रमुख श्रेष्ठले प्राथमिक स्वास्थ्य केन्द्रको सिलिङ्ग मर्मत गर्ने र बिग्रीएका सामानहरु किनको लागि ठेकेदारलाई निर्देशन दिने वताए । ठेकेदारले नमाने धरौटी रकमवाट ३/ ४ लाख रुपैया खर्च गरेर चाडै मर्मत गर्ने प्रतिवद्धता पनि उनले जनाएका छन ।

साभारः राराखबर अनलाइन