
२५ माघ, सुर्खेत । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई फासिको सजाय माग गर्दे कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वतन्त्र न्यायप्रेमी युवाहरुद्धारा प्रदर्शन गरेका छन् ।
वीरेन्द्रनगरको स्थानीय मंगलगढि चौकमा शनिवार(आज) युवाहरुले हत्यारालाई फासि दे, गृहमन्त्री राजीनामा दे लेखेको प्ले कार्ड सहित बिच सडकमा बसेर प्रर्दशन गरेका थिए । मध्यपश्चिम विश्वविद्यालय छात्रा एवंम् एकता समाज सुर्खेत का अध्यक्ष ममता अधिकारीको नेतित्वमा बिरोध प्रर्दशन गरिएको थियो,साथै प्रर्दशन पश्चात नारा लिएको कार्डहरु जलाएका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका७(कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा अध्ययनरत छात्रा भट्टको बुधबारको दिन हत्या गरि सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ ।
प्रहरीले भागरथीको पनि बलात्कारपछि हत्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ ।



Milan Shrestha । २४ माघ २०७७, शनिबार २०:३६ बजे