मिलन श्रेष्ठ ।
सुर्खेत, २७ आषाढ । मध्यपश्चिमञ्चल विश्वविधालय अन्तर्गत इन्जिनियरिग संकायका अखिल क्रान्तिकारी बिधार्थीले आज सुर्खेत स्थिीत विश्वविधालयको विस्तारीत कार्यालयमा नारा वाजी तथा जुलुश प्रदर्शन गरेको छ ।
इन्जिनियरिग संकायमा बढी राजनैतिक भएको साथै बिगत ७ महिना अघि राखिका मागहरु सम्बोधन नभएकाले जुलुस प्रदर्शन गरिएको क्रान्तिकारीका अध्यक्ष सुरेन्द्र महतले जानकारी दिए ।
महतका अनुशार ५० प्रतिशत छात्रावृत्तिको व्यवस्था हुनु पर्ने, जसरी बिधालयले ५० प्रतिशत बिधार्थी उत्तिर्ण भएपछि मौका परिक्षाको नियम लागु गरेको छ सो खारेजी गर्नु पर्ने माग सहित धर्ना कार्यक्रम गरेको हो ।
अहिले हामीले हाम्रा मागहरु सम्बोधन हुनु पर्नैमा जोड दिदै ज्ञापन पत्र बुझाउने छौ, यदि हाम्रा मागहरुको सम्बोधन नभए १० दिन भित्र हस्ताक्षर संकलन कार्य गरिने छ ।उक्त दिईएको समयअवधि भित्रमा पनि आफ्ना मागहरु सम्बोधन नभए कडा भन्दा कडा आन्दोलनहरु गर्ने बताए।



Milan Shrestha । २७ असार २०७३, सोमबार ०६:३६ बजे