ट्रेड यूनियन काँग्रेसद्वारा भूकम्प पिडितलाई राहत हस्तान्तरण


१६ मंसीर, जाजरकोट । गत महिना कार्तिक १७ गते शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पबाट पिडितहरुकालागि विभिन्न संघसस्थाहरुले जाजरकोटमा राहत सामाग्रीहरु हस्तान्तरण गर्ने क्रम बढी रहेको छ । यसैवीच नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेशले पनि जाजरकोट भूकम्प पीडितहरुकालागि आज राहत हस्तान्तरण गरेको छ ।

जाजरकोट विपद् व्यवस्थापन समितिलाई ८ हजार केजी चामल र २ सय थान ब्लाङ्केट, त्यस्तै यूनियन रुकुमका अध्यक्ष मार्फत भूकम्प पिडितहरुलाई १ सय २० थान न्यानो कपडा र यूनियन जाजरकोट अध्यक्ष मार्फत ५० थान कम्बल यूनियन प्रदेश अध्यक्ष गोपाल गिरीले हस्तान्तरण गर्नगर्नुभएको यूनियन जिल्ला सचिव बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय उपाअधक्ष्य गणेश केसी, केन्द्रीय कोषाध्यक्ष सञ्जय दाहाल र केन्द्रीय सदस्य जय वि.सी.को उपस्थिति रहेको थियो ।