पत्रकार बर्खास्तमा युनियनको गम्भीर ध्यानाकर्षण


१८ रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना पत्रकारलाइ बिना कारण सेवाबाट हटाएको भन्दै नेपाल प्रेस युनियन सुर्खेतले ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाएको छ ।

आज सुर्खेतका सहयक प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो  ।

प्रदेश प्रशारण केन्द्रमा १० वर्ष देखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, तिन वर्ष देखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र तिन वर्ष देखि उद्घोषक पदमा कार्यरत चक्र कुँवर लाई बर्खास्त गरिएको छ ।

प्रेस युनियन सुर्खेतले घटना प्रति आफ्नो गम्भिरध्यानाकर्षण भएको भन्दै तत्काल पुनर्वहाली गर्न माग गरेको छ । प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाले पेसागत सुरक्षा र हकहितका लागी लड्ने पत्रकार नै यसरी अपमानित रूपमा बर्खास्त हुनु दुःखद भएको बताउनुभयो ।

शाखा अध्यक्ष थापा र सचिव मधुवन बिसीद्वारा हस्ताक्षर ज्ञापनपत्रमा बिना कुनै जानकारी तिन जनाकर्मचारी लाई एकैपटक निष्कासन गर्नु पत्रकारिताको हर्म विपरित रहेको ठहर गरिएको छ । युनियनले अन्यापुर्ण र अलोकतान्त्रीक निर्णय नसच्याए पत्रकारको हक र अधिकारको लागि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेपाल प्रेस युनियको केन्द्रिय निर्णय अनुसार आज एकै पटक देशभरमा रहेका शाखाहरुले ज्ञापनपत्र बुझाएका छन् । यसअघि कर्मचारी हटाएको विरोधमा नेपाल पत्रकार महासंघ शाखा डोटीले पनि चरणवद्ध रुपमा आन्दोलन गरिरहेको छ ।