भागरथी भट्ट विभत्स हत्या, निर्मला पन्त हत्या प्रकरण सम्झायो


२५ माघ, सुर्खेत । बैतडीको दोगडाकेदार गाउँपालिका७(कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा(आउँदा साथीहरु हुन्थे ।

बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।
प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ ।

प्रहरीले भागरथीको पनि बलात्कारपछि हत्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ ।

अहिले सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० बाट पञ्चकुमार बाखुको टोली पुगेको छ । बाखु निमर्ला पन्त हत्या प्रकरणको अनसन्धानका लागि पछिल्लो समय कञ्चनपुरमा थिए । बैचडीमा भागरथीको हत्या भएको खबर आएपछि उनलाई नै पठाइएको हो ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् ।

‘घटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेका छौं’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, यो यति विभत्स घटना छ कि दोषीलाई मृत्युदण्ड पनि कम हुन्छ ।’

भट्ट परिवारमा एकपछि अर्को बज्रपात

गाउँपालिका अध्यक्ष कार्की पनि वडा नम्बर ७ कै हुन्, भारगथी र उनको टोल भने अगल अलग हो । कार्कीका अनुसार भागरथीका बुबाको मृत्यु भएको दुई महिना पनि भएको छैन ।

४५ वर्षीया आमा द्रोपती बरखीमा छन् । भारतमा मजदुरी गरेर परिवारको खर्च टार्दै आएका बुबाको मृत्यु भएपछि भागरथीका दाइ हालै मात्र मजुदरी गर्न भारत गएका थिए ।

दुई दिदीको बिहे भइसकेकाले घरमा उनी मात्र आमाकी साथी थिइन् ।
साभारःअनलाईखबर ।