आइपीएलमा Player of The Match सन्दिप लामिछाने


फोटोः थाहाखबर अनलाइनबाट

८ बैशाख : भारतमा सर्वाधिक रुचाइने खेल क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो चौथो खेलमा Player of The Match बन्दै सन्दीप लामिछानेले १ लाख भारु प्राप्त गर्नुभएको छ ।

गएराती शनिबार भएको खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण ३ विकेटको मद्दतले दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको थियो ।  ४ ओभर बलिङ्ग गर्नुभएका लामिछानेले पञ्जावका व्याट्सम्यान क्रिस गेल, साम करण र केएल राहुललाई पेभिलियन फर्काउनु भएको थियो ।

यो जितसँगै दिल्ली क्यापिटल्सले १० खेलबाट १२ अंक बटुल्दै तालिकाको तेस्रो बनाएको छ । त्यस्तै १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ । दिल्ली क्यापिटल्सतर्फ सन्दीप सबैभन्दा सफल बलर बन्नुभएको छ ।