नवयुगको ह्याट्रिकमा नेपालले भुटानलाई ५-० गोलले हरायो


काठमाडौं- १२औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको छ। नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्। नवयुगले यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा पनि ह्याट्रिक गरेका थिए। आइतबार ‘बी’ समूह अन्तर्गतको खेलमा श्रष्ठले २३, ७४ र ८५औं मिनेटमा गोल गरे। त्यस्तै विशाल राई र अन्जन विष्टले एक एक गोल गरे।दक्षिण एसियाली खेलकुदमा नेपालको यु-२३ टिम सहभागी छ।  यसअघि महिला फुटबलमा नेपालले माल्दिभ्सलाई २-० गोलले पराजित गर्यो।
साभारः नागरिक न्यूज