सिद्धान्त अनुसार पार्टी प्रकृया टुङ्गिनेः प्रचण्ड


८ वैशाख, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले व्यक्तीको अनुहार हेरेर नभई सिद्धान्त अनुसार पार्टी प्रकृया टुङ्गिने बताउनुभएको छ ।

नेकपा स्थापनाको ७०औं दिवसको अवसरमा आज काठमाण्डौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्नुस एकता प्रकृयाको औपचारिक घोषणा भोली सोमवार हुन्छ । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ प्रचण्डले भन्नुभयो ।

स्रोतका अनुसार एकता प्रक्रियाको प्रस्ताव तयार पार्ने जिम्मा नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई दिइएको छ । सो प्रस्तावलाई आज (आइतबार) साँझ ६ बजे अध्यक्षद्वय ओली र प्रचण्ड सहित सचिवालय बैठक बसेर टुंगो लगाउने नेकपाको तयारी रहेको बताइएको छ ।

हामीले ३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, विविध कारणले गर्दा करिव १ बर्ष भैसकेको छ अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु । अध्यक्ष प्रचण्डले भन्नुभयो ।

प्रचण्डका अनुसार नेकपा स्थापना दिवसको अवसरमा पार्टीकै आयोजनामा सोमबार काठमाडौंमा कार्यक्रम गरिँदैछ र सोही कार्यक्रममा एकता प्रक्रिया टुंगिएको घोषणा हुनेछ ।