सरकारद्वारा राप्रपालाई वार्ताकालागि आव्हान


९ बैशाख, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई वार्ताकोलागि आव्हान गरेको छ । कानुन मन्त्री भानुभक्त ढकालले पत्र मार्फत वार्ताकालागि आव्हान गर्नुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसअघि सरकार समक्ष २२ बुँदे माग पेश गरेको थियो । राप्रपाले सोमवार प्रेस विज्ञप्ति मार्फत कानुन मन्त्री भानुभक्त ढकालले वार्ताकालागि पत्र पठाउनुभएको जनाएको छ ।

राप्रपाले सरकारसँग वार्ता गर्नकालागि पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । सहमतीको सदस्यहरुमा पार्टी  महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहनुभएको छ ।