
नेपालगन्ज (बाँके) । जेष्ठ महिनाको मंगलवार गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनले दोस्रो पटक जेष्ठ ६ मंगलवार (बडका मंगलवार) प्रसाद वितरण कार्यक्रमको आयोजना गरेको छ । गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन संरक्षक प्रदीप शाहले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि जेष्ठ ६ मंगलवारका दिन भक्तजनहरूमा प्रसाद वितरण गरिएको बताउनुभयो ।
जेष्ठ मंगलवारका दिन भण्डाराको आयोजना गर्नाले हनुमानजीले आफ्ना भक्तजनमा आशिर्वाद राखेर हरेक संकट र दुःखको अन्त्य गर्ने जनविश्वास पनि रहेको छ । गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा प्रसाद वितरण कार्यक्रम नेपालगन्ज उप –महानगरपालिका वार्ड नं.– ६ फुल्टेक्रा नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नजिक प्रसाद वितरण गरिएको थियो ।
प्रसाद वितरण कार्यक्रममा साहू समाजका अध्यक्ष हंशराम साहू, सल्लाहकार राम लोचन शाह, मोती लाल साहू, अधिवक्ता रामनाथ साहू , गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन अध्यक्ष मधु शाह, करण साहु, विजय कोरी, शिवम् शाह, बिजय कोरी, अजय कोरी, प्रदिप कौलिक, शिवम गुप्ता, अनिशा थापा, सुखराम ठाकुर, पे्रमा शाही, मुन्शी हज्जाम लगातयको सहभागिता रहेको थियो । यस अघि बैशाख ३० गते मंगलवारका दिन गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा प्रसाद वितरण कार्यक्रमको आयोजना गरेका थियो ।
Prawash Kumar Shakya । ७ जेष्ठ २०८२, मंगलवार १७:१७ बजे