
१५ बैशाख ,काठ्माण्डौ । कालीकोट जिल्लाका पुर्व सभापति कालीबहादुर सहकारीलाई भेट्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पशुपती क्षेत्र पुग्नु भएको छ ।
पूर्व सभापति सहकारीलाई मातृशोक परे पछि मुख्यमन्त्री शाही सहकारीलाई भेट्न पशुपति क्षेत्र पुग्नुभएको हो ।
भेटमा मुख्यमन्त्री शाहीले मृतआत्माको चिरशान्ती कामना र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्नुभयो ।
कालीकोट जिल्लाबाट प्रदेशसभा ख का प्रतिद्वन्दी उम्मेदवार सहकारी झिनो मतले पराजित हुनु भएको थियो । मुख्यमन्त्री शाहीले सहकारी प्रतिद्वन्दी भएपनि आगामी दिनमा सहकार्य र समझदारीबाट जिल्लाको राजनैतिक र सामाजिक विषयहरुमा मिलेर जानेकुरामा बिश्वस्त पारेको कुरा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताउनुभयो ।



Milan Shrestha । १५ बैशाख २०७६, आईतवार २०:५६ बजे