काठमाडौ, १ चैत । पैसाको नोटमा अबदेखि केरमेट गर्न अथवा स्टिच लगाउन नपाइने भएको छ ।
सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन २७ गते रिट निवेदन दायर गर्नुभएको थियो ।
साभारः freenepal news network




Milan Shrestha । १ चैत्र २०७२, सोमबार ११:३५ बजे