१६ बैशाख, सुर्खेत । सुर्खेत जिल्ला फुटबल संघले १३ वर्षमुनीका राष्ट्रिय फुटबल खेलाडी छनौट गरेको छ ।
छनौट हुनेमा सुर्खेतका चिरन कार्की, अभिषेक बम र मनोज थापा रहेको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभयो । आधारभूत तहदेखि नै फुटबलको विकास गर्न सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टीम बनाउने उद्देश्यले खेलाडीको छनौट गरिएको महासचिव कार्कीले जानकारी दिनुभयो ।
छनौट भएका खेलाडीहरुलाइ आवासीय रुपमा राखेर पढाई लेखाइ संगै फुटबल प्रशिक्षणको व्यवस्था पनि एन्फाले गर्ने बताइएको छ ।



Milan Shrestha । १६ बैशाख २०७६, सोमबार १९:१६ बजे