१९ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको ९ नं वडामा जारी U-19 टोल स्तरिय फूटवल प्रतियोगिताको उपाधी शिव मन्दिर टोलले हात पारेको छ ।
शिव मन्दिर टोल र पिपलडाँडा टोल वीच भएको फाइनल खेलमा शिव मन्दिर टोलले शुन्यका विरुद्ध ४ गोल संग प्रथम उपाधी हात पारेको हो । जित संगै शिव मन्दिर टोलले ट्रफी र नगद रु १० हजार पुरस्कार प्राप्त गरेको छ भने द्वितिय हुने पिपलडाँडा टोल ट्रफी र नगर रु ६ हजारमा चित्त बुझाएको छ ।
पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले अहिलेका यूवापुस्ता लागुऔषधको दुर्व्यवसनीको कूलतमा फसिरहेको अवस्थामा त्यसमा नफस्नकालागि खेलकूद मुख्य कुरा रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विषेश अतिथि कर्णाली प्रदेश खेलकूद विकाश परिषदका उपाध्यक्ष प्रमोद हमालले शारिरिक तथा मानसिक विकासकालागि यूवापुस्ता खेलकूदमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
९ नं वडा अध्यक्ष सुरेश मानन्धरको समापतित्वमा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषदका प्रमुख विरोध विक्रम जिसी तथा नगर प्रहरी प्रमुख लालबहादुर सुनारले पनि आआफ्नो भनाइ राख्नुभएको थियो ।
Prawash Kumar Shakya । १९ चैत्र २०७८, शनिबार २०:३१ बजे