
२६ पाैष, काठमाडौं / प्यूठान काठमाडौं नेवा: समाजकाे १७औं, १८औं र १९ं बार्षिक साधारणसभा तथा आठाैं अधिवेशनले बिश्वनाथ श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले उपाध्यक्षद्वयमा: महेन्द्र प्रसाद श्रेष्ठ तथा रामजी लाल श्रेष्ठलाई चयन गरेको छ भनेसचिवमा रामलाल श्रेष्ठ, काेषाध्यक्षमा राजमणी श्रेष्ठ, सदस्यहरूमा क्रमश रामकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ, विनाेद श्रेष्ठ, प्रकाश लाल श्रेष्ठ, सुधा श्रेष्ठ, भरत श्रेष्ठ र सुलाेचना भडेललाई चयन गरेको छ ।
साधारण सभा तथा अधिवेशनको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता (१८५ पटक) प्रेमसागर कर्माचार्यले प्यूठानका विद्यार्थीलाई प्यूठान काठमाडौं नेवा: समाजको सिफारिसमा एकजना छात्रालाई १ देखि १२ कक्षा सम्म अध्ययन गर्नलाई छात्रवृति दिने घोषणा गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यलाई प्यूठान काठमाडौं नेवा: समाजकाे मानार्थ सदस्यता समाजका अध्यक्ष रुद्रकुमार श्रेष्ठले प्रदान गर्दै दाेसल्ला ओढाई सम्मान-पत्र सम्मान गर्नुभएको थियो । कार्यक्रममा पूर्व न्यायाधीश कल्याण श्रेष्ठ, पूर्व आ.जि.पि. शैलेन्द्र कुमार श्रेष्ठ र डा.पुकार चन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।
अधिवेशनले प्यूठान जिल्ला स्थित विभिन्न विद्यालयमा अध्यनरत जेहन्दार बिद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । जसमा क्रमशः १. शाश्वत नगरकोटी, २. सुदिशा श्रेष्ठ, ३. राधिका पुनमगर, ४. डायमण्ड शाही, ५. अच्युत पुडासैनी, ६. प्रज्वल पाैडेल, ७. अञ्जना पुनमगर, ८. समीर खड्का, ९. सुदिशा श्रेष्ठ, १०. रमेश बाेहरा, ११. अञ्जलि सुनार, १२. राजन नेपाली, १३. सुष्मिता जिसी, १४. प्रतिमा नेपाली, १५. माैसम बञ्जाडे, १६. अनिष्मा खड्का, १७.साेनिया सार्की, १८. रेजिना थापा, १९. अनिसा श्रेष्ठ, २०. शारदा घर्ती, २१. वर्षा के.सी., २२.अस्मिता सार्की, २३. साेनिया सार्की, २४. मार्शल आ.सी र २५. प्रतीक भण्डारी लगायतले प्राप्त गर्नुभएको छ ।
कार्यक्रमकाे सहजिकरण तमिला श्रेष्ठले गर्नुभएको भएको थियो ।



Prawash Kumar Shakya । २६ पुष २०८२, शनिबार १८:४१ बजे