
२१ बैशाख, सुर्खेत । लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग प्रतियोगिताको दोश्रो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ। प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि समेत आर्मीलेनै जितेको थियो।
सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख रुपैयाँमा चित्त बुझाएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित हुनुभयो । उहाँले ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारि घोषित हुनुभयो । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो।
आर्मीको लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम शार्कीले अविजित २१ रन बनाए बनाउनु भएको थियो । न्यु होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबले समान १/१ विकेट लिनुभयो ।



Milan Shrestha । २१ बैशाख २०७६, शनिबार २१:३८ बजे