बंगलादेशलाई हराउँदै भारतले जित्यो एशिया कप


२४ फागुन, काठमाडौं । एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार मध्यरातमा सम्पन्न फाइनल भिडन्तमा घरेलु टोली बंगलादेशलाई ८ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
वर्षाले प्रभावित खेल १५ ओभरमा छोट्याइएको थियो । बंगलादेशले ५ विकेट गुमाएर १२० रन बनायो । उसका लागि सविर रहामानले अविजित ३२ रज जोडे ।
जवाफमा मैदान उत्रिएको भारतले १३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको जितमा शिखर धवनले ६० रन जोडे भने विराट कोहलीले ४१ रनको योगदान दिए ।

साभारः अनलाइन खबर