
४ बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगर पालिका ९ नं वडा कार्यालय सुर्खेतले वडामा रहेका ३१ वटा वाल क्लवहरुलाई खेलकूद सामाग्री वितरण गरेको छ ।
वडामा रहेका ३१ वटा टोल विकास संस्थाहरुमा गठन भएका वाल क्लवहरुलाई वालबालिका स्वस्थ रहनकालागि खेलकूद सामाग्री वितरण गरेको हो ।
खेलकूद सामाग्री वितरण गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले ‘वडामा रहेका कोहीपनि वालवालिका कुलतमा नफसुन, स्वस्थ रहुन शैक्षिक क्षेत्रमा मात्र नभै खेल क्षेत्रपनि अग्रसर होउन भन्नकालागि वडामा रहेका वालक्लवहरुलाई खेल सामाग्री वितरण गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा वडाका दलित महिला सदस्य टिका विकले वालक्लवका वालबालिकाहरुलाई संधै सकारामत्मक सोच राख्दै अध्ययनका साथै खेल क्षेत्रमा पनि अग्रसर भई भविष्य उज्जवल बनाउन आग्रह गर्नुभयो ।
यसैवीच वडा कार्यालयले वडामा रहेका अपाङ्गता भएकाहरुलाई आयआर्जन गर्न केही मद्दत पुगोस भन्ने उदेश्यले समूह गठन गरि बाख्रापालन व्यवसाय गर्नकालागि अनुदान वितरण गरेको वडा सचिव देवप्रसाद मुलेलले जानकारी दिनुभयो ।




Milan Shrestha । ४ जेष्ठ २०७६, शनिबार १०:३१ बजे