आफ्नो स्वास्थ्यको ख्याल राख्ने मन्त्रीलाई, जनताको स्वास्थ्यको के मतलव !


खै कहाँ छ गुण नियन्त्रण महाशाखाको ध्यान !

२१ जेठ सुर्खेत

बैशाख र जेठमा गरी दुइ पटक सुर्खेतमा पीउने पानीमा अखाद्य बस्तु फेला पर्यो बिभिन्न मिडीयामा समाचार प्रकाशित भयो तर त्यस्को कुनै पनि निकायले पहल गरेन तर केही समय ढिलै भएपनी थाहा पाएर वा नपाएर कर्णाली प्रदेशको सरकारले सुर्खेतमा उत्पादीत  यी दुइवटै पानी प्रयोग गरेन ।

बजारमा छ्याप्पछ्याप्ती मिनरल वाटरको नाममा गुणस्तर हिन पानी बेचीरहेकावेला आफ्नो मात्रै स्वास्थ्यको ख्याल राख्ने कानुनी निकायमा रहेकाहरुले कुनै सरोकार राखेका छैनन् । अगीपछी उपभाेक्ता हकहीतका नारा लगाउने उपभाेक्ता महासंघ यतीखेर रमिता हेरिरहेको छ ।

“पार्ले एग्रो बेली प्रोसेस्ड ड्रिङ्गकिङ्ग वाटर” नामको शुद्ध पिउनेपानी प्रयोग गर्नु पर्छ भन्ने मन्त्री महोदयहरुले जनताले कुन र कस्तो प्रकारको खाद्यबस्तु प्रयोग गरिरहेका छन भन्ने कुराको हेक्का राख्न सकेका छैनन् । सायद उनीहरु जनस्तरबाट अली माथी उठेर होला उनीहरुको प्रयोगमा आउने दैनिक उपभोग्य बस्तुहरुभन्दा गुणस्तरीय बस्तुहरुको प्रयोग गरिरहेकाछन् ।

यदी यसो हैन भने किन उनिहरुले जनताको प्रत्यक्ष जिवनमा असर पुर्याउने अखाद्यबस्तु दिन दहाडै बजारमा बेचीदा पनी मुखदर्शक बनेर हेरीरहेका छन । स्थानीय प्रशासनले पनी बेला बेलामा बजार अनुगमन गरेपनी यस तर्फ भने अझै ध्यान दिन सकिरहेको छैन ।

यो पनि पढ्नुस 

प्रशोधित पीउने पानी “मस्ता”मा लेउ भेटियो

प्रशोधित पिउने पानीमा सा‌ङ्गला भेटियो