सुर्खेत महिला जेसिज सप्ताहव्यापी कार्यक्रम गर्दै


१७ जेठ, सुर्खेत । सुर्खेत महिला जेसिजले यही जेठ १८ देखि २५ गते सम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन जेठ १८ गते दिउँसो १ बजे गर्दैछ । त्यस्तै १८ गते दिउँसो २ बजे वक्तृत्वकला प्रतियोगिता २० गते स्वास्थय शिविर झुप्रा खोलाको वस्तीमा, २२ गते रक्तदान कार्यक्रम स्थानीय पिपल चौतारामा, २३ गते कानूनी साक्षरता कार्यक्रम बड्डीचौरमा, २५ गते आर्थिक सहयोग एसओएस वाल उद्यानलाई, २५ गते नै शैक्षिक सहयोग, आमा नृत्य प्रतियोगिता र उत्कृष्ट महिला सम्मान कार्यक्रम तथा समापन कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका मूल संयोजक सुर्खेत महिला जेसिजका कार्यकारिणी उपाध्यक्ष रश्मी शाक्यले जानकारी दिनुभयो ।