तिलागुफा जाने पदमार्गको सिलान्यास



बिस्नप्रसाद न्यौपाने
फागुन २८, कालिकोट ।

कालिकोट जिल्लाको तिलागुफ नगरपालिकाको वडा नं. ५ स्थित ऐतिहाँसीक पर्यटकिय गुफा तिलागुफा जाने पर्यटकिय पदमार्गको सिलान्यास गरिएको छ । तिलागुफा नगरपालिका उप प्रमूख दर्शना नेपालीले तिलागुफा जाने पर्यटकिय पदमार्गको सिलान्यास गर्नुभएको तिलागुफा नगरपालिका वडा अध्यक्ष टिकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोट जिल्लाकै ऐतिहाँसिक पर्यटकिय गुफाको अवलोकन गर्न जाने आन्तरिक तथा बाहिरी पर्यटकहरुको सहजतताका लागि पदमार्गको निर्माण गर्न लागिएको छ ।

जसका लागि नगरपालिकाको १५ लाख बजेटमा जुम्ला सुर्खेत राजमार्गसँग जोडिएको धनाडादेखी तिलागुफासम्मको करीब ५ सय मिटर गोरेटो बाटोलाई पर्यटकिय पद मार्गका रुपमा निर्माण गर्न लागिएको हो । न्यौपानेका अनुसार, अब तिलागुफालाई जिल्लाकै नमुना पर्यटकिय स्थलका रुपमा संरक्षण सम्बद्र्धन तथा यसको प्रचार प्रसारको कामलाई गति दिईनेछ । तिलागुफाकै कारण नगरको पर्यटन क्षेत्रको पबद्र्धन तथा आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताउदै उहाँले यसका लागि व्यवस्थापनको खाँचो रहेको बताउनुभयो ।

उप प्रमूख नेपालीले गुफा जाने पदमार्गकोे सिलान्यास गर्दै तिलागुफा नगरपालिका जिल्लाकै पर्यटकिय हिसाबले धनी नगर रहेकोमा जोड दिदै तराईका फाँटजस्तै देखिने रुडुबन्चु पाटन, तिलागुफा, बजेरी चौर लगायतका पर्यटकिय क्षेत्रले जिल्लाकै पहिचान दिने बताउनुभयो । अग्ला पहाडी श्र्रृंखलाहरुको फेदमा सुर्खेत जुम्ला सडकखण्ड अन्तरगत पर्ने धनाडा नजिकै तीला कर्णाली नदिको किनारमा रहेको यस ऐतिहासीक गुफाको ४५ मिटर भन्दा पनि बढी रहेको स्थानियले बताएका छन् । तीला कर्णाली नदीको छालले छुन छुन लागेको यो गुफा अवलोकन भ्रमणका लागि निकै आकर्ष देखिन्छ ।
स्थानियहरुका अनुसार परापूर्व कालदेखी रहेको यो गुफा पहिले पहिले मानिसहरुले अजिङ्गर बस्ने बासस्थान हुन सक्ने अनुमान गर्ने गरेका थिए । त्यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही गुफा अवलोकन गराउने गरेका छन् । गुफाको आकृति अजिङ्गरको बासस्थान जस्तो भएपनि गुफा भित्र गएपछि केही नभेटिएको स्थानीयहरुको भनाई छ ।