सुर्खेतमा ज्योतिष पाठशाला संचालनमा


३० जेठ सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरमा ज्योतिष पाठशाला संचालन भएको छ ।

नेपाल ज्योतिष परिषद जिल्ला कार्य सिमिती सुर्खेतले गत वर्ष पुस २४ गते निर्णय अनुसार माघ २६ गते श्रीपञ्चमीका दिन पाठशाला संचालन गरी फागुन १५ गतेदेखि बिधिवतरुपमा कक्षा संचालन गरेको छ ।

जुम्ला, दैलेख, सुर्खेत र बाँकेबाट बिद्यार्थी अध्ययन गर्न आएका र अझै यस प्रती अरुको पनी चासो बढेको छ यस्लाइ व्यवस्थित गर्न तिर लागीरहेको कुरा नेपाल जोतिष परिषद सुर्खेत का अध्यक्ष ज्योतिष पण्डित शंकर उपाध्यायले जानकारी दिनुभयो ।

यस पाठशाला लाई सरकारी तथा गैर सरकारी संघ संस्थाकाे कुनै पनी सहयोग बिना निजिस्तरबाट नै  दुइ जना शिक्षक को व्यवस्था गरी संचालन भएको पाठशालाका शिक्षक ज्योतिष पण्डीत याम प्रसाद अधिकारी ले बताउनु भयो ।

जोतिष पाठशालामा अध्ययन गर्न आउने विद्यार्थीहरुले निकै जागरुक भइ छोटै समयमा ज्योतिष, मुहुर्त, गणित, फलादेश, चौराशी भाव सम्मको ज्ञान हाशिल गरिसकेको अर्का शिक्षक ज्योतिष पण्डीत बिकास पोडेलले बताउनु भयो ।

यस पाठशालामा ब्राहमण समुदाय बाहेकका बिद्यार्थीहरुले चासो राखि अध्ययन गर्न आएमा पनि त्यस्को पनि व्यवस्था मिलाउनु सकिने कुराको पनी परिषदका अध्यक्ष उपाध्यायले बताउनु भयो ।