सुर्खेतमा निर्मित चलचित्र “अधुरो” को प्रिमियर


चलचित्रको एक दृश्य

६ असार, सुर्खेत । कर्णाली प्रदेश तथा देशकै कुसंस्कारका रुपमा रहेको बालविबाह र वालविवाह पछिका सामाजीक तथा पारिवारीक समस्या लगायत विविध पक्षहरुका विषयमा कथा बस्तुलाई समेटिएर निर्माण गरिएको नेपाली कथानक चलचित्र “अधुरो”को आज लक्ष्मी चलचित्र मन्दिर सुर्खेतमा प्रिमियर शो गरिएको छ ।

यूवा कलाकार राजेन्द्र खड्का जलनको निर्माणमा यूवा निर्देशक राजेश कुमालद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘अधुरो’को प्रिमियर शो सम्पन्न भएको हो ।

सुर्खेतका स्थानीय कलाकारहरुको अभिनय रहेको अधुरो विषेश गरेर सुर्खेतको पोखरीकाँडाका मनोरम दृश्यहरुलाई छायाँकन गरिएको छ ।

पुस्ता मिडिया प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा सुर्खेतका मनोरम दृश्यहरुलाई पस्कनकालागि ड्रोनको प्र्योग गरिएको निर्देशक कुमालले बताउनुभयो ।

प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा, राजेश कुमालको निर्देशन र गोविन्द विश्वकर्माको शब्द/सङ्गीत रहेको चलचित्रमा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, शिरिष श्रेष्ठ, निर्मला स्वर्णकार, विक्रम बर्मा, भूमिका परियार, सनोनी कुस्मी, इन्दिरा श्रेष्ठलगायतका सुर्खेती स्थानीय कलाकारले अभिनय रहेको छ ।

चलचित्र अधुरोका कलाकार र त्रिरत्ना मिडिया टिम