चलचित्रः घायल वन्स अगेन
निर्देशकः सनी देओल
कलाकारः सनी देओल, सोहा अलि खान, शिवम पाटिल, अंचल मुंजाल, नेहा खान, ऋषम अरोडा
निर्देशकः सनी देओल
कलाकारः सनी देओल, सोहा अलि खान, शिवम पाटिल, अंचल मुंजाल, नेहा खान, ऋषम अरोडा
मुम्बई । सनी देओलको निर्देशनमा बनेको फिल्म ‘घायल वन्स अगेन’ रिलिज भएको छ । यो फिल्म २६ वर्ष पहिला रिलिज भएको ‘घायल’ को सिक्वेल हो । अर्को कुरा १७ वर्षपछि सनी देओल फेरि निर्देशकको रुपमा प्रस्तुत भएका छन् । यस अघि उनले सन १९९९ मा ‘दिल्लगी’ निर्देशन गरेका थिए ।
कस्तो छ कथा
फिल्मको कथा त्यहीवाट सुरु हुन्छ, जहाँ घायल सकिएको थियो । अजय मेहरा (सनी देओल) एसीपी जय डिसुजासँग सरेन्डर गर्छन् र जेल जान्छन् । १४ वर्षपछि जेलवाट छुटेपछि भ्रष्टाचारको बिरुद्ध लड्न सुरु गर्छन् उनी ।
कथामा ट्वीस्ट त्यसपछि आउँछ जब चार युवा रोहन (शिबम पाटिल), अनुश्का (अंचल मन्जाल), रेणु (नेहा खान) र बरुण (ऋषभ अरोडा) को भेट हुन्छ । भ्रष्ट ब्यबसायी राज बंसल (नरेन्द्र झा) र उसका सहयोगी सनीको समुहलाई चुनौति दिन्छन् ।
यहि दुई समुहको लफडामा फिल्मले गति लिन्छ । सनीको समुहले भ्रष्ट ब्यबसायीलाई कसरि ठेगान लाउछन् थाह पाउनका लागि फिल्म हेर्नैपर्छ ।
निर्देशन कस्तो छ ?
सनीले निर्देशकका रुपमा राम्रै मेहनत गरेका छन् । फिल्ममा केही नयाँ पन दिनका लागि उनले प्रसस्तै मेहनत गरेका छन् तर, कता कता पुरानो घायलको गन्ध आउछ । फिल्मको पहिलो हाफ बोझिलो लाग्न सक्छ । दोस्रो हाफ रोचक छ । तर, क्लाईमेक्स हलिउड फिल्म ‘टु लाइज’सँग मिल्न जान्छ ।
सनीको एक्सन राम्रो छ । उनको एक्सनले अझै दर्शकलाई प्रभाव पार्ने क्षमता राख्छ । सोहा अलि खान आफ्नो भूमिकामा ठिक छिन् । त्यसो त नयाँ कलाकार चारै जनाले राम्रो काम गरेका छन् । फिल्मी संगीतले खास प्रभाव पार्न नसके पनि ब्याक राउन्ड म्युजिक राम्रो छ ।
यदि मौलिक विषयको फिल्म हेर्ने सोच छ भने यो फिल्म नहेर्दा पनि फरक पर्दैन । तर, सनी देवलको एक्सन मन पर्छ भने केही समय मनोरञ्जन लिनका लागि हेर्न सकिन्छ घायल वन्स अगेन ।
साभारः अनलाइन खबर




Milan Shrestha । २३ माघ २०७२, शनिबार ०९:१२ बजे