
मिलन श्रेष्ठ ।
असार,१० सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर नं.९का वडा अध्यक्ष सुरेश मानन्धरले समाज रुपान्तरण र व्यक्तित्व बिकासका लागि खेल अनिवार्य रहेको बताउनुभएको छ । शिबबिहार पुस्तकालयको आयोजनामा आजदेखि सुरु भएको १६ बर्षमुनिको फुटबल प्रतियोगिताको उदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दिनानुदिन युवाहरु लागु औषध सेवन तर्फ लाग्दै गएपछि वडा नं.९ लाई लागु औषध निर्मूल वडा बनाउनका लागी अभियानमा लागिएको पनि बताउनुभयो । पछिल्ला दिनहरुमा युवा पीडिहरु खेलप्रती आकर्षित हुदै गएको हुदा खेल माध्यमबाटै समाजलाई रुपान्तरण गर्न सकिने उहाँको भनाई छ । यसै गरी आफ्नो वडाले युवा लक्षित कार्यक्रमहरु मात्र नभई समाज रुपान्तरणका लागी सकरात्मक सोचका अभियन्ता नरबहादुर कार्कि र नैतिक शिक्षाका अभियन्ता नारायण न्यौपानेद्धारा विभिन्न कार्यक्रहरु संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरिक्षक निलकण्ठ ढकालले, लागु औषध न्यूनिकरणका लागी वडा कार्यालयले चालेको कदम प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले लागु औषध सेवनकै कारण समाजमा विभिन्न सामाजिक अपराधहरु घट्ने गरेका र त्यसरी घट्ने अपराधिक क्रियाकलापहरुमा युवाहरुको धेरै संलग्नता देखिने भएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबै लाग्नुपर्ने उहाँको भनाई छ । लागु औषध ऐन २०३३ बमोजिम लागु औषध सेवन गर्नैलाई मात्र भन्दा पनि लागु औषध प्रयोग गरी फालेका सिरिन्ज प्रयोग गर्नेलाई समेत कारवाहिको दायरा भित्र राखिने भएको हुदा सबै सचेत हुन आग्रह गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९को आर्थिक सहयोग तथा शिबबिहार पुस्तकालयको आयोजनामा संचालन भएको उक्त खेल यहि शनिवार १४ गते सम्म संचलान हुने छ । खेल व्यवस्थापन संयोजक नविन गिरीका अनुशार प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । गिरीका अनुशार आज भएको पहिलो उद्घाटन खेलमा बौद्ध टोल बिकास समितीले कालिमाटी टोल बिकास समितीलाई ० का बिरुद्ध ५ गोलको फराकिलो अन्तरले बिजयी भएको छ ।

यसै गरी आज दिनभर ४ वटा खेल खेलाईने छ जस अन्र्गत दास्रो खेल मंगलगढि र बिचटोल , तेस्रो खेल सत्यनाराण मन्दिर र सिद्धार्थ यसै गरी चौथो खेल चन्द्रसुर्य र शिवालय टोल बिकास समिती अन्तर्गत हुदै छ । भने प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार, द्धितियलाई नगद रु ५ हजार पुरस्कार पाउनेछन् ।




Milan Shrestha । १० असार २०७६, मंगलवार १२:२७ बजे