विश्वकपः पोर्चुगल, स्पेन र युरुग्वे विजयी


विश्वकप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन, युरुग्वे र पोर्चुगल विजयी भएका छन्।

सन् २०१० को विश्वविजेता स्पेनले इरानलाई १-० ले पराजित गरेको छ।

स्पेनका लागि डिएगो कोस्टाले गरेको गोल निर्णायक साबित भयो।

अर्को खेलमा युरुग्वेले साउदी अरेबियालाई १-० ले पराजित गरेको छ।

लगातार

साउदी अरेबियाविरुद्ध लुइस स्वारेजले निर्णाय गोल गरेका थिए।

विश्वकपमा युरुग्वेले एसियाली प्रतिद्वन्द्वीहरूविरुद्ध खेलेको चारवटै खेलमा जित निकालेको छ।

जितसँगै युरुग्वे दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेको छ भने साउदी अरेबिया समूह चरणबाट बाहिरिएको छ।

लगातार दोस्रो जित निकालेको आयोजक राष्ट्र रुसले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ।

निर्णायक

अर्को खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको छ।

पराजयसँगै मोरक्को पनि विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ।

पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरे।

मोरक्कोविरुद्ध गोल गर्न रियल मड्रिडका यी स्टार खेलाडीलाई जम्मा चार मिनेट कुर्नु पर्‍यो।

बिबिसि नेपालीबाट