
२९ असार, सुर्खेत । आज भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आज आइतबार देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यसैवीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हिमाली पुस्तकालयले भानु जयन्ती मनाएको छ ।
२०६औं भानु जयन्तीको अवसरमा कविता बाचन तथा आदिकवी भानुभक्त प्रभाव र प्रवृती बारे साहित्यकार महेन्द्र प्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
पुस्तकालयले आयोजना गरेको कार्यक्रममा १० जना कवीहरुले कविता बाचन गर्नु भएको थियो ।
कार्यक्रमका पुस्तकालयले पाठक सदस्यहरु बढाउनु पर्नेमा जोड दिन कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेस अस्पतालका अध्यक्ष श्यामलाल कडेंलले पुस्तकालय संचालक समितीलाई आग्रह गर्नुभयो ।
पुस्तकालयका अध्यक्ष तुलाराम तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पुस्तकालयका उपाध्यक्ष किरणकिशोर सापकोटाले गर्नु भएको थियो ।



Milan Shrestha । २९ असार २०७६, आईतवार १२:१२ बजे