
३ साउन सुर्खेत । दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले पूर्वी सुर्खेतको राकम सिम्तामा बागेश्वरी माविमा रहेका अपाङ्गहरुकालागि १५ थान प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको छ ।
बागेश्वरी मावि रहेको अपाङ्गता छात्रवासको भोजनगृहको लागि १५ थान कुर्सी हस्तान्तरण गरिएको दृष्टिविहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।
१५ थान कुर्सी केन्द्रलाई टोपु गरञ्जा मगरले उपलब्ध गराउनुभएको थियो ।
सहयोगदाता टोपु गरञ्जामगर र अमृता गरञ्जामगरबाट कुर्सी ग्रहण गर्दै वडा अध्यक्ष राजेन्द्रकुमार सिंह र सहायक प्रधानाध्यापक वकिल बस्नेतले अपाङ्गता छात्रावासलाई सहयोग गरेकोमा केन्द्र र सहयोगीदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालयमा सिम्ता गाउँ पालिका वडां नं ६ का वडा अध्यक्ष, विद्यालयका सहायक प्र.अ. लाई सहयोगदाता टाेपु गरन्जामगर तथा अमृता गरन्जामगरले कुर्सि संयुक्त रूपमा हस्तान्तरण गर्नुभयाे ।



Milan Shrestha । ३ श्रावण २०७६, शुक्रबार १९:५५ बजे