बाढी पिडितहरुकालागि निशुल्क खानेपानी वितरण


९ सावन, सुर्खेत । हिजो साउन ८ गते अविरल बर्षाको बाढीले पिडितहरुकालागि ९ नं वडा कार्यालयले वडाबासीलाई स्वच्छ खानीपानीको अभाव हुन नदिन एवं स्वास्थ्यमा असर हुन नदिनकालागि २ ट्याङ्कर निशुल्क पानी वितरण गरेको छ ।

बाढीले वडा पर्सेनी गाँउ डुवानमा परेको थियो । पिडितहरुको उद्दारमा वडा अध्यक्षको समूह लगाएत नेपाली सेना सशस्त प्रहरी र नेपाल प्रहरी लागेको थियो ।

बाढीबाट मानवीय क्षती भने नभएको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो “बाढीले १ वटा घर पूर्ण क्षती तथा ६ वटा घरमा बस्न नमिल्ने गरि क्षति पुर्याएको छ । त्यस्तै २ वटा कुखुरा फर्म पूर्णरुपमा नष्ट गरेको छ भने  २ वटा बंगुर मरेका थिए ।