अविरल बर्षाले वीरेन्द्रनगरको तल्लो क्षेत्र जलमग्न (फोटो सहित)


८ साउन, सुर्खेत । वीरेन्द्रनगरको तल्लो क्षेत्र वडा नं ९ को पर्सेनी गाँउमा आज राती परेको अविरल वर्षाले डुवानमा परेको छ ।

डुवानले कुने मानवीय क्षती भने नभएको वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो । डुवानका कारण खेतमा लगाइएको धान र धानका विउ पूर्ण २ वटा कुखुरा फर्म नष्ट भएको र २ बंगुर मरेको उहाँले जानकारी दिनुभयो ।

राती परेको अविरल वर्षाले वीरेन्द्रनगरको ४ नं को केही भाग र १० नं वडामा ४ लेनको सडकमा निर्माणधिन पुलमा समेत क्षती पुगेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदीले बताउनुभयो ।