प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त


१० पौष, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधी सभाका सदस्य पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले यही पौष ३ गते सरकार गठनकालाग ७ दिनको समयसीमा दिनुभएपछि आज (आइतबार) अन्तिम दिन प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित देशको प्रधानमन्त्री पदमा दावी गर्नुभएको थियो ।